चर्चित अभिनेता शशि कपूरको निधन

loading...

एजेन्सी । ६० र ७० दशकका बलिउडका चर्चित अभिनेता शशि कपूरको निधन भएको छ । लामो समयदेखि विरामी रहेका कारण उनको ७९मा निधन भएको हो । भारतीय मिडियाका उल्लेख गरिए अनुसार, उनको सोमवार दिउँसो निधन भएको हो । छातीमा संक्रमणका कारण अन्धेरीस्थित कोकिलाबेन अम्बानी अस्पतालमा आइतबार बेलुकी उनलाई भर्ना गरिएको थियो ।

शशिको जन्म १८ मार्च १९३८ मा भएको थियो । शशीको मृत्युसँगै बलिउडमा प्रसिद्ध ‘कपुर खानदान’का अग्रज पृथ्वीराज कपुरका छोरा पुस्ताको अन्त्य भएको छ । १९६१ मा ‘धर्मपुत्र’बाट बलिउड फिल्ममा डेब्यु गरेका शशिले आफ्नो फिल्मी करिअरमा ११६ भन्दा बढी फिल्ममा काम गरिसकेका छन् जसमध्ये ६१ फिल्ममा उनले मुख्य भूमिका निर्वाहा गरेका छन् ।

शशिले २०११ मा भारत सरकार द्वारा ‘पद्म भूषण’ अवार्ड, तीन पटक राष्ट्रिय अवार्ड तथा २०१५ मा ‘दादा साहब फालके’ बाट पनि सम्मान प्राप्त गरेका थिए । शशिले बलिउडमा कयौं हिट फिल्म दिएका छन् साथै केहि अंग्रेजी सिनेमामा पनि अभिनय गरेका थिए ।

तपाईंको प्रतिकृया
Loading...