आज बार्सिलोना र स्पोर्टिङ भिड्दै

loading...

काठमाडौँ । युरोपियन फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज बार्सिलोना र स्पोर्टिङबीच खेल हुँदैछ । समूह ‘डी’मा रहेको बार्सिलोनाले आज समूह चरणको अन्तिम खेल खेल्न पोर्चुगिज क्लब स्पोर्टिङ गिजोनलाई आफ्नो घरमा आमन्त्रण गर्दैछ ।

बार्सिलोना अन्तिम खेल खेल्नुअघि नै प्रतियोगिताको अन्तिम १६ मा पुगिसकेको छ । तसर्थ आज उसका लागि भने यो खेल औपचारिकता मात्र हुनेछ ।

तर, स्पोर्टिङ भने बार्सिलोनालाई उसकै घरमा हराएर अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राख्न चाहन्छ । स्पोटिङसामु अझै पनि अंकगािण्तीय रूपमा अन्तिम १६ मा पुग्ने झिनो आशा कायमै छ ।

त्यो कसरी भने, आज अन्तिम खेलमा घरेलु टोली बार्सिलोनालाई हराउन सके उसको झिनो आशा रहन्छ । तर, त्यत्तिले मात्रै पुग्दैन । दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्न उसका लागि युभेन्टस साइप्रसको ओलम्पियकोस निकोसियाबीचको खेलमा पराजित हुनुपर्ने छ । तर, यो सम्भावना ज्यादै न्यून छ । किनभने, युभेन्टस तुलानात्मक रूपमा बलियो टिम हो । जब कि, ओलम्पियाकोस अहिले पुछारमा छ ।

आजको खेल जितेर बार्सिलोना समूह विजेताको हैसियतमा अन्तिम १६ मा स्थान बनाउन चाहन्छ । यसअघि भएका पाँच प्रतियोगिताका छनौट चरणमा भएका खेलमा बार्सिलनाले तीन खेल जितेर दुई खेलमा बराबरीमा चित्त बुझाएको छ ।

समूह ‘डी’मा रहेको बार्सिलोना पाँच खेलबाट ११ अंक लिई शीर्ष स्थानमा बसेको छ । उता, युभेन्टसको खातामा ८ अंक हुँदा तेस्रो स्थानको स्पोर्टिङको ७ र पुछारको ओलम्पियाकोसको खातामा मात्रै १ अंक छ ।

बार्सिलोना र ओलम्पियाकोसीचको खेल नेपाली समयअनुासर आज राति (बुधबार बिहानीपख) १ः३० बजेबाट सुरु हुनेछ ।

तपाईंको प्रतिकृया
Loading...