फेसबुकले ल्यायो यस्तोे खुसीको खबर

loading...

काठमाडौँ, मंसिर १९ । १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित गरी फेसबुकले च्याट एप्लिकेशन भित्राएको छ । यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकाले च्याट गर्न, रमाइला भिडियो हेर्न, फोटो तथा स्टिकरहरु पठाउन सक्छन् । फेसबुकले १३ वर्ष भन्दा कम उमेरका बालबालिकालाई फेसबुक चलाउन प्रतिबन्ध लगाउदैै आएको छ । फेसबुकले म्यासेन्चर किड नामको एप्लिकेशन ल्याएको हो, तर यसका लागि अभिभावकले स्वीकृति दिनुपर्ने हुन्छ । यसबाट बालबालिकाले साथीहरुलाई म्यासेज पठाउँदा पनि अभिभावकले स्वीकृत गरिदिनुपर्छ ।

यो एप्लिकेशनमा बालबालिकाले आफैले साथीहरुलाई च्याटमा जोड्न अथवा म्यासेज डिलेट गर्न मिल्दैन । अभिभावकले मात्र साथीसँग जोडिदिन र म्यासेज डिलेट गरिदिन सक्छन् । बच्चाहरुले छुट्टै एकाउन्ट पनि बनाउन सक्दैनन, त्यो अभिभावकको फेसबुक एकाउन्टमा जोडेर  चलाउनुपर्छ । अभिभावकले च्याट एप्लिकेशनमा फेसबुक एकाउन्टको सूचना जोडिदिएपछि च्याट एप्लिकेशन खुल्ने छ र बच्चाको प्रोफाइल जोड्नुपर्छ । यसपद्धि अभिभावकको निगरानीमा बालबालिका च्याट गर्न, भिडियो हेर्न र साथीसँग जोडिन सक्छ । यो एप्लिकेशन आइओएसमा उपलब्ध रहेको छ ।

तपाईंको प्रतिकृया
Loading...