कामना अवार्डमा काे हाबी ?

loading...

काठमाडौँ, मंसिर १९ । कामना फिल्म अवार्डस् २०७४ मा चलचित्र छक्का पञ्जा सर्वाधिक १७ विधाको मनोनयनमा परेको छ । दीपा श्री निरौलाको डेब्यु निर्देशनमा बनेको छक्का पञ्जा उत्कृष्ट चलचित्र, नवनिर्देशक, कथा, पटकथा, संवाद, अभिनेत्री, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्यकलाकार, पाश्र्व गायक, नृत्यनिर्देशक, पाश्र्वसंगीत, छायांकन, सम्पादन र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको हो । यो चलचित्रबाट पाश्र्व गायकमा दुई गायक राजनराज शिवाकोटी र कृष्ण काफ्ले मनोनयनमा परेका छन् ।

त्यसैगरी छक्का पञ्जालाई पछ्याउँदै प्रदीप भट्टराईको डेब्यु निर्देशनमा बनेको जात्रा र गाजलु १४÷१४ विधाको मनोनयनमा परेको छ । जात्रा उत्कृष्ट चलचित्रका साथमा नवनिर्देशक, अभिनेता, अभिनेत्री, सहअभिनेता, खलपात्र, हास्यकलाकार, बालकलाकार, पटकथा, संवाद, सम्पादन, शृंगार, ध्वनि मि श्रण र पाश्र्व संगीत विधाको मनोनयनमा परेको छ ।

हेमराज बीसीद्वारा निर्देशित चलचित्र गाजलु उत्कृष्ट चलचित्रसँगै निर्देशक, अभिनेता, सहअभिनेता, सहअभिनेत्री, हास्यकलाकार, नवअभिनेत्री, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, शृंगार र ध्वनि मि श्रण विधाको मनोनयनमा परेको छ । निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र लुट २ एघार विधाको मनोनयनमा परेको छ ।

आकाश अधिकारीद्वारा निर्देशित के म तिम्रो होइन १० विधाको मनोनयनमा परेको छ बाटोमुनिको फूल २ र डाइङ क्यान्डल (निभ्न लागेको दियो) नौ÷नौ विधाको मनोनयनमा परेका छन् । ऋषि लामिछानेद्वारा निर्देशित चलचित्र किस्मत— २ पनि गीतकार, गायिका, द्वन्द्वनिर्देशक, नवअभिनेता र नृत्य निर्देशक गरी पाँच विधाको मनोनयनमा परेको छ । चलचित्र निर्भय र चपली हाइट— २ चार चार विधाको मनोनयनमा परेका छन् ।

सम्मान चलचित्रको : उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रूपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एकएक जनालाई जनही एक लाख रुपैयाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण बताइएको छ ।

कामना फिल्म अवार्डको तेस्रो संस्करण पुस २२ गते राजधानीमा हुने भएको छ । ३२ विधामा दिइने हुने अवार्ड समारोह राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने जानकारी आयोजकले दिएको छ ।

अवार्ड आयोजक समितिका निर्देशक अध्यक्ष वसन्त चौधरीले कामना फिल्म अवार्डस् एक दिन नेपाली फिल्म क्षेत्रको मानक अवार्ड हुने बताए । ‘उत्कृष्टता, पारदर्शिता र निष्पक्षताका कारण यो अवार्ड फिल्म क्षेत्रको मानक अवार्ड हुने विश्वास छ’, उनले भने ।

तपाईंको प्रतिकृया
Loading...