जेलभित्रैबाट सुधीर बस्नेतको यस्तो धन्दा

loading...

काठमाडौं । सुधीर बस्नेत यस्ता व्यापारी हुन् । जो रातारात अर्बपति बने । जुन गतिमा उनी अर्बपतिको बाटोमा उकालो लागे । त्यो भन्दा तीव्र गतिमा ओरालो लागे हाउजिङदेखि एयरलाइन्ससम्मका मालिक बनेका उनी अहिले जेलमा छन् ।
भएको सबै सम्पति रोक्का छ ।

जेलमै पीडितहरु पुगेर रोइकराई गर्छन् । तर, उनलाई ठुलो चिन्ता छैन । वकिलहरुमार्फत अदालतमा मुद्धा मिलाउने प्रयासमा छन् । अझ अचम्ममा त उनले आफ्ना सम्पत्तिहरु गोप्यरुपमा बिक्री गर्दै आएको समेत खुलेको छ ।

हालै उनले नक्सालको निर्माणधीन अपार्टमेन्ट बिक्री गरेका छन् । प्रहरी मुख्यालयको पश्चिमतर्फ रहेको अपार्टमेन्ट उनले बिक्री गरेका हुन् । सुन तस्करी मुद्धा झेलिरहेका शाक्य थरका समुहले अपार्टमेन्ट खरिद गरेको स्रोत बताउँछ । साढे ३३ किलो सुन तस्करीका प्रतिवादी हुन् पनि उनै शाक्य हुन् । लामो समय फरार भएपछि उनले अदालतमा सेटिङ मिलाई उपस्थित भएका थिए ।

प्रहरी मुख्यालयको सुरक्षालाई नै चुनौती दिने गरी बनाइएको उक्त अपार्टमेन्टको पहिलेदेखि नै बिरोध हुदै आएको थियो । अब त झन अपराधिक गतिविधिमै संलग्न व्यक्तिले किनेपछि प्रहरी मुख्यालयलाई झन् चुनौती थपिएको छ ।
स्रोतका अनुसार उक्त अपार्टमेन्टमा बस्नेसहित केही पहुँचवाला व्यक्तिहरुको समेत लगानी थियो । उनीहरुले आफ्नो लगानी उठाउन सबैतिर सेटिङ मिलाएर बिक्री गरेका हुन् । बस्नेतका एक दर्जन अपार्टमेन्ट तथा हाउजिङ अलपत्र अवस्थामा छन् । उनको हाउजिङ र सहकारीमा सयौँ व्यक्तिको करोडौँ रकम डुबेको छ ।

बस्नेतले भने आफु जेलबाट छुटेपछि सबैको पैसा तिर्ने बताउँदै आएका छन् । उक्त समस्याको समाधानका लागि सरकारले कुनैपनि पहल गरेको छैन । दृस्टि

तपाईंको प्रतिकृया
Loading...