सिम प्रयोगकर्ता मासिक तीन लाख थपिँदै

loading...

काठमाडौं, मंसिर १९ । नेपालमा मासिक तीन लाखभन्दा बढी नयाँ सिम प्रयोगकर्ता थपिने गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले नयाँ सिम प्रयोगकर्ता मासिक तीन लाखका दरले थपिँदै गएको जानकारी दिएको छ ।

एनटीएले सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्लो पाँच महिनामा प्रतिमहिना तीन लाखभन्दा बढी ग्राहक थपिएको उल्लेख छ । भदौमा मात्र नेपाल टेलिकम, एनसेल र स्मार्टसेका गरी तीन लाख ७० हजार पाँच सय ९८ वटा सिम वितरण भएको छ । साउनमा कुल तीन करोड ४५ लाख ५७ हजार र भदौमा तीन करोड ४८ लाख ७६ हजार सिम वितरण भएको छ । साउनमा असारको तुलनामा तीन लाख ३३ हजारभन्दा बढी सिम बिक्री भएको देखिन्छ ।

तपाईंको प्रतिकृया
Loading...