सुरक्षा प्रणालीमै गम्भीर प्रश्न ?

loading...

काठमाडौँ, मंसिर १९ । राजधानीलगायत मुलुकभरको सुरक्षा व्यवस्था कडा बनाएको सरकारले दाबी गरे पनि शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न उब्जिएको छ । शुक्रबारयताका ४ दिनमा मात्रै राजधानीमा झन्डै एक दर्जन विस्फोट भएका छन् । कडा सुरक्षा जाँचबीच कहाँबाट विस्फोटक पदार्थ भित्रिरहेको छ भन्ने प्रश्नसमेत टड्कारो भएको छ ।

कमजोर गुप्तचर संयन्त्रका कारण घटनाअगावै सूचना नपाउँदा प्रहरीले आवश्यक रणनीति बनाउन नसकेको एक उच्च प्रहरी अधिकारी दाबी गर्छन् । गृह मन्त्रालयमा शनिबार बसेको केन्द्रीय कमान्ड पोस्टको बैठकमा पनि गुप्तचर संयन्त्र कमजोर भएको विषय उठेको थियो ।

सुरक्षा निकायहरूबीचको कमजोर समन्वय र अस्पष्ट सरकारी निर्देशनले पनि निर्वाचन सुरक्षा कमजोर बनेको छ । यो खबर आजको कान्तिपुरमा छ ।

तपाईंको प्रतिकृया
Loading...