मुसा कतातिर, मतपेटिका छ जतातिर !

loading...

रोल्पा । सदरमुकाममा राखिएका मतपेटिका जोगाउन मुसालाई पासो थापिएको छ । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच राखिएको छ । मतपेटिका मुसाले काट्ने चिन्ता बढेको छ ।

तस्वीर: अन्नपुर्णबाट

रोल्पा सदरमुकाम लिबाङमा राखिएका मतपेटिका सुरक्षाका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले चौबिसै घन्टा पहरा दिइरहेका छन् । दलबाट खटाइएका हेरालु पनि मतपेटिका राखिएको कार्यालय परिसरमा टेन्ट राखेर बसिरहेका छन् । कोठाभित्र राखिएका मतपेटिका मुसाले काट्ने चिन्तामा उनीहरू छन् ।

मतपेटिका राखिएका पाँच बन्द कोठामा ताला लगाएर लाहा छाप लगाइएको छ । मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले भने, ‘मुसा आउने सम्भाव्य ठाउँमा पासो थापिएको छ ।’

तपाईंको प्रतिकृया
Loading...