गलत समाचार सम्प्रेषणमा कुलमानको प्रतिकृया

loading...

काठमाडौँ, मंसिर १८ । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई लिएर आफूले कुनै पनि पक्ष वा विपक्षमा धारणा नराखेको  नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले बताएका छन् ।

कुनै अमुक पार्टीलाई जिताउन आफूले बोलेको भनेर केही अनलाईन मिडियाहरुमा आएको समाचारप्रति सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रतिकृया जनाएका हुन् ।

कुनै अमुक पार्टीलाई जिताउन घिसिङ बोलेको विषयलाई लिएर केही अनलाइनहरुमा समाचार आएको थियो ।

उक्त समाचारप्रति प्रतिक्रृया जनाउँदै आज सामाजिक सञ्चाल फेसबुकमार्फत उनले भनेका छन्, ‘आफूले बोल्दै नबोलेको कुरालाई लिएर केही सञ्चार माध्यमहरुले मेरो हवला दिएर चुनाव सम्बन्धी समाग्री सम्प्रेण गरेकोमा खेद प्रकट गर्दछु ।’ यस्तो गलत समाचार सम्प्रेषण नर्गन समेत उनले आग्रह गरेका छन् ।

तपाईंको प्रतिकृया
Loading...