बलिउड अभिनेता शशी कपुरको निधन

loading...

एजेन्सी । बलिउड अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा निधन भएको छ  । अभिनेता कपुर केही वर्षदेखि विरामीका कारण थलिएका थिए । उनले आफ्नो जीवनकालमा १ सय ६० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।

उनी अभिनित कन्यादान, जब जब फूल खिले, चोर मचाए शोर लगायतका फिल्म सुपर हिट छन् । कपुरले तीन पटक नेशनल अवार्ड समेत जितेका थिए ।

दीवार फिल्ममा अमिताभ बच्चनले आफूसँग धन सम्पति सबथोक छ, तिमीसँग के छ भनेर सोध्दा उनले जवाफ दिएको ‘मेरे पास माँ है’ डाइलग चर्चित छ ।

तपाईंको प्रतिकृया
Loading...