ओनसरी घर्ती निवासमा बम भेटियो

loading...

काठमाडौँ, मंसिर १८ । नेकपा माओवादी केन्द्रकी नेतृ एवं निवर्तमान सभामुख ओनसरी घर्तीको निवासमा बम भेटिएको छ ।

काठमाडौं‌को बालुवाटरस्थित घर्तीको सरकारी निवासको मुल गेटमै प्रसेर कुकर बम राखिएको देखिएको बताइएको छ ।

त्योसँगै अर्को शंकास्पद बस्तु पनिसँगै रहेको स्थानीयवासी मिनबहादुर राउतले जानकारी दिए ।

सुरक्षाकर्मी घटनास्थलमा नपुगेको राउतले बताए । बम देखेपछि स्थानीय त्रसित भएको बताइएको छ ।

तपाईंको प्रतिकृया
Loading...