अमेरिकामा राजिवको वाहवाही

loading...

विजय थापा, मेरिल्याण्ड

अमेरिकाको मेरील्याण्डको सिल्भर स्प्रिङ्ग्समा नेपालका ख्याति प्राप्त चर्चित फोटो पत्रकार राजिव श्रेष्ठको ‘ग्लाम क्यालेन्डर २०१८’ को सार्बजनिक गरिएको छ । सोही अवसरमा तस्बिर प्रदर्शनी समेत गरिएको थियो ।
श्रेष्ठ हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै छन् भने अमेरिकामा रहेतापनि आफ्नो पेशालाई निरन्तर दिई रहेका छन् ।

नेपालका चर्चित ग्लामर तस्बिर खिच्ने मध्ये कै एक राजिव श्रेष्ठद्वारा अमेरिकाको भर्जिनिया, न्युयोर्क, मेसेचुसेट्स राज्य तथा डिसी महानगर क्षेत्रमा अमेरिकामा रहेका नेपाली कलाकार तथा मोडलहरु (नमूना) युवायुवतीका उनले खिचेका छायाचित्रहरुको संग्रह गरिएका तस्बिरलाई पात्रो निर्माण गर्दै ‘ग्लाम क्यालेन्डर २०१८’ को सार्बजनिक गरेका छन् ।

उनले नेपालमा पहिला कलाकारहरुको पोस्टकार्ड, त्यसपछि ग्लामर क्यालेन्डर निकालेको बताए ।

तपाईंको प्रतिकृया
Loading...