के गर्लिन् सोनिया…

छोरा राहुलले काँग्रेसको नेतृत्व गर्ने

loading...

एजेन्सी । समयको चक्रसँगै एकपटक फेरि सोनिया गान्धीले त्याग गर्नुपर्ने भएको छ । तर, यस पटकको उनको बलिदान भने आफ्नो छोरा राहुल गान्धीको लागि गर्ने भएकी छन् । अब राहुल गान्धीले काँग्रेसको नेतृत्व गर्ने भएका छन् । नेहरु परिवारका राहुल गान्धी पाँचौं पिढीको छैठौं सदस्य हुन् जो अखिल भारतीय काँग्रेस समितिको अध्यक्ष बन्नेछन् ।

एक सय ३२ बर्ष पुरानो पार्टी काँग्रेसको नेतृत्व ४५ बर्षसम्म नेहरु–गान्धी परिवारका सदस्यहरुले गर्दै आएका छन् । यो परिवारको सोनिया गान्धीले सबैभन्दा लामो समयसम्म काँग्रसको नेतृत्व गरेकी छन् । उनले १९ वर्षदेखि काँग्रसको नेतृत्व सम्हाल्दै आएकी छन् ।

जवाहरलाल नेहरुले ११ वर्षसम्म काँग्रेसको अध्यक्षता सम्हाल्दै आएका थिए भने इन्दिरा गान्धीले ७ बर्ष, राजीव गान्धीले ६ बर्ष र मोतीलाल नेहरुले २ बर्ष काँग्रसको नेतृत्व सम्हालेका थिए ।सोनिया गान्धीले निकै नै स्पष्ट रुपमा राजनीतिबाट अवकाश लिनु जरुरी भइसकेको छ । उनी मात्र भारतकी एक यस्ती नेत्री हुन् जसले ६६ वर्षको हुँदा नै २०१३ मा ७० वर्षभएपछि राजनीतिबाट अवकाश लिने योजना सार्वजनिक गरेकी थिइन् ।

उनको उक्त योजनाले धेरै मानिसहरुलाई आश्चर्यमा पारेको थियो । किनभने भारतमा अहिलसम्म राजनीतिबाट अवकाश लिने सायदै होलान् । इमान्दारीलाई लिएर सधैं काँग्रेसले आफ्नो चलाखी गरिरहेको छ । र राहुल गान्धीले पनि आफ्नी आमाको यो खुबीलाई निकै नै राम्ररी आत्मासात गरेका छन् ।

सोनिया गान्धी एक आमाको रुपमा राहुल गान्धीलाई सल्लाह दिन सक्छिन्, तर यो संस्थागत स्तरमा सम्भव हुँदैन । काँग्रेसमा त्यस्ता नेताहरुको कमी छैन जसले नियुक्तिहरुको मामला, नीति, विचारधारा ल्याउन कोशिस गरेका थिए । यदि यसमा राहुल गान्धी अरु कसैको पनि साथ चाहान्छन् भने उनले प्रियंका गान्धीलाई आफ्नो साथमा ल्याउन सक्छन् ।

प्रियंका राहुललाई बलियो बनाउने भूमिकामा रहन सक्छिन्, तर यसपटक भने काँग्रेसले २ केन्द्र नबनोस् भनेर सर्तक भने हुनै पर्छ । यो समय राहुलले आफुलाई सावित गर्ने समय पनि हो ।

राजनीतिमा नेहरु खानदानका कोही पनि सदस्य असफल भएका छैनन् र राहुल यसमा कायम हुनु पनि जिम्मेवारी हो ।

तपाईंको प्रतिकृया
Loading...