दुहवी गोल्डकपको खेल तालिका सार्वजनिक

loading...

सुनसरी, मंसिर १८ । सुनसरीको दुहवीमा मंसिर २३ गतेबाट सञ्चालन हुने दोश्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । नेपालका ‘ए‘ डिभिजन टोलीसहित ८ टोलीले सहभागिता जनाउने प्रतियोगिता पुस १ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा आयोजक इलाभेन एरोज दुहवीसहित मनाङ मर्स्याङ्दी, नेपाल आर्मी, रमपम झापा ११, मोरङ ११, रुपन्देही ११, चर्च ब्वाइज क्लब काठमाडौँ र बंगलादेशको मिरपुर एकादेश ढाका क्लबले सहभागिता जनाएका छन् ।

दुहवी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा रमपम झापा ११ ले चर्च ब्वाइज क्लब काठमाडौँको सामना गर्नेछ । प्रतियोगिताको विजेताले नगद ४ लाख १ हजार १ सय ११ र उपविजेताले २ लाख १ हजार १ सय ११ सहित ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

तपाईंको प्रतिकृया
Loading...