उपत्यकाबाट बाहिरिने सवारी कति पुग्यो ?

loading...

काठमाडौं । चुनाव नजिकिएपछि काठमाडौं उपत्यकामा भित्रिने सवारी साधनको तुलनामा उपत्यकाबाट बाहिरिने सवारी साधनको संख्या बढेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबार उपत्यकामा भित्रिने सवारी साधनको तुलनामा बाहिरिने सवारी साधनको संख्या केही बढेको पाइएको हो ।

महाशाखाको तथ्यांकअनुसार आइतबार उपत्यकामा विभिन्न नाकाबाट ९,९७३ सवारी साधन भित्रिएका छन् भने  सोही दिन उपत्यकाबाट बाहिरिने सवारी साधनको संख्या भने १०,०६९ रहेको महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिकृया
Loading...