विपक्षका झूठा आश्वासनतर्फ नलाग्न नेत्री राणाको आग्रह

loading...

कैलाली, मंसिर १७ । कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभाका उम्मेदवार रहनु भएका नेपाली काँग्रेसका डा. आरजु राणा देउवाले विपक्षीका झूठा आश्वासनतर्फ नलाग्न मतदातालाई आग्रह गरेकी छिन् ।

नेका कैलाली क्षेत्र नं ५ ले आज धनगढी उपमहानगरपालिका–२ को पुरानो भन्सार रोडमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रदेश नं ७ लाई नेपालकै समृद्ध क्षेत्र बनाउन आफूले यो क्षेत्रमा उम्मेदवारी दिएको बताइन् । डा राणाले लोकतन्त्रको पक्षमा उभिएको पार्टी नेपाली काँग्रेसलाई जिताएर संविधानको कार्यान्वयन र आर्थिक विकासको अभियानमा साथ दिन आग्रह गरीन् ।

हार हुने भएपछि विभिन्न लाञ्छना लगाएर विपक्षीहरूले भोट माग्न खोजेको आरोप लगाउँदै उनले विकास र नेपाली काँग्रेसको जितलाई कसैले पनि रोक्न नसक्ने दाबी गरीन् ।

तपाईंको प्रतिकृया
Loading...