गौचन हत्याको खुल्यो रहस्य

loading...

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार समिरमानसिंह बस्न्यातलाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा शनिबार चितवनको नारायणघाटबाट बस्न्यातलाई पक्राउ गरेको हो ।

डाँफे कन्स्ट्रक्सनमा कुमार श्रेष्ठ (घैँटे) र समिरमानसिंह दुवैको शेयर रहेको र घैँटेको निधनपछि बाँकी रहेको शेयर माग्दा नदिएपछि गौचनको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको

ब्युरोले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या, दावा लामामाथिको गोली प्रहार र निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार बन्स्यातलाई पक्राउ गरको जानकारी दिएको हो ।

सम्मेलनमा ब्युरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनमा कुमार श्रेष्ठ (घैँटे) र समिरमानसिंह दुवैको शेयर रहेको र घैँटेको निधनपछि बाँकी रहेको शेयर माग्दा नदिएपछि गौचनको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया
Loading...