मेस्सीका दाईलाई प्रहरीले किन पक्राउ ग-यो ?

loading...

एजेन्सी । चिर्चित फुटबलर लिओनल मेस्सीका दाईलाई प्रहरीले पक्राउ गरेको छ । रगतले लतपतिएको पानीजहाजसँगै बन्दुक भेटिएपछि फुटबलर लिओनल मेस्सीका दाई ३५ वर्षिय मटियस मेस्सीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई अर्जेन्टिनाको रोसारियो स्थित एक अस्पतालबाट उपचार गराइरहेको अवस्थामा शुक्रबार प्रहरीले पक्राउ गरेको थियो।

मटियसले भने पानामा नदीमा ‘स्पीडबोट’ चलाइ रहेका बेला बालुवाको झोक्काले दुर्घटना भएको दाबी गरेका छन्।

तर, प्रहरीले भने उनको जहाजबाट अनुमति नलिएको बन्दुकसँगै रगत लतपतिएको पाएपछि उनलाई थप अनुसन्धानका लागि हिरासतमा लिएको छ।

मेस्सीका दाजुलाई अबैध हतियार सहित प्रहरीले यसअघि पनि पक्राउ गरिसकेको छ। २०१५ मा पनि उनलाई लाइसेन्स बिना बन्दुक बोकेको आरोपमा १६ घण्टा हिरासतमा लिइएको थियो।

तपाईंको प्रतिकृया
Loading...