‘कला संस्कृतिको संरक्षण र पर्यटनको विकास, समृद्ध ललितपुरको दिगो निकास’

loading...

पम्फा भुसाल
प्रतिनिधिसभा, माओवादी केन्द्र
ललितपुर क्षेत्र नं ३

ललितपुर । ‘कला संस्कृतिको संरक्षण र पर्यटनको विकास, समृद्ध ललितपुरको दिगो निकास’ भन्ने मूल नाराका साथ म आफ्नो चुनावी अभियान अघि बढाइरहेको छु । चुनावी अभियानमा वाम मात्र होइन सबैखाले जनता निकै सक्रिय भएर लागेका छन् । यो क्षेत्र कला र सम्पदाले भरिपूर्ण भएकाले पर्यटनको विकास गरेर भौतिक पूर्वाधार, उद्योग, व्यवसाय, रोजगारी सिर्जना गरी आर्थिक समृद्धि ल्याउनेछु । यस क्षेत्रलाई संस्कृतिको राजधानी बनाउने आफ्नो योजना छ । हस्तकला, काष्ठकला, मूर्तिकलाको अझै विकास गरेर कला र संस्कृतिलाई विकासको आधार बनाउने योजना ल्याएको छु ।

३८ वर्षदेखि ललितपुरमा बसेकाले यहाँको समस्या र सम्भावना दुवै देखेको छु । यस क्षेत्रमा रहेका नदीहरू ढलरहित गराउने र सडक कालोपत्र गराउने योजना लाग्ने प्रतिवद्धता रहेको छ। सुनाकोठी र खोकनाको सिकाली चौरलगायतका स्थानमा पार्क बनाउँदा युवायुवतीदेखि ज्येष्ठ नागरिकलाई समय कटाउन सहज हुनेछ महिलामा स्तन, पाठेघरलगायतका क्यान्सर बढी पाइएकाले यस सम्बन्धी उपचारको व्यवस्था पाटन अस्पताल गर्ने आफ्नो योजना रहेको छ ।

हिजोको संघर्ष राजनीतिक परिवर्तनका लागि गरियोे। अबको संघर्ष राजनीतिसँगै आर्थिक समृद्धिका लागि हो । मुलुकको विकास र निकासका लागि स्थायी वाम सरकार आवश्यक छ। त्यसैका लागि निर्वाचनका बेला गठबन्धन भएको हो । यो गठबन्धन पार्टी एकता प्रक्रियामा पुगी टुंगिनेछ। त्यसका लागि सम्पूर्ण जनताले वाम गठबन्धनलाई साथ दिनुपर्दछ । वाम गठबन्धन बलियो हुनु नै मेरो जितको प्रमुख आधार हो । दोस्रो संविधानसभामा माओवादी विभाजित थियो । अहिले माओवादी बलियो भएको र एमालेसँगको गठबन्धनका कारण जित्नेछ ।

ललितपुरको कला, संस्कृतिको संरक्षण र पर्यटनको विकास, समृद्ध ललितपुरको दिगो निकास’ भन्ने नाराअन्र्तगत विभिन्न १२ वटा शीर्षक राखी ४ दर्जन जति उपशीर्षकहरू रहेको प्रतिवद्धतापत्र तयार गरेको छु । कला, संस्कृति र सम्पदा, दिगो विकास, पर्यटनको विकास, सडक यातायात, बागमती, नख्खु, कर्मनासा कोरिडोरको निर्माण, स्वरोजगार तथा रोजगारलाई प्राथमिकता दिनेछु। सफा र हरियालीयुक्त बनाउनेछु । स्वच्छ र सफा ललितपुर बनाउनका लागि प्रत्येक घरमा रुख विरुवा रोप्ने अभियान नै सञ्चालन गर्नेछु । यस्तै, बालबालिका र युवासम्बन्धी, महिला र ज्येष्ठ नागरिकसम्बन्धी, कृषि प्रविधि प्राथमिकतामा राखेको छु। म ०६२ र ०६३ को जनआन्दोलनपछि अन्तरिम विधायिका सांसदमा मनोनित र २०६४ को संविधानसभाको पहिलोे निर्वाचनमा संविधानसभा सदस्यमा ललितपुरबाटै निर्वाचित भएको थिएँ ।

मूलतः गाउँदेखि शहरसम्म सडक सञ्जाल विस्तार, टेलिफोन बिस्तार, पर्यटन र कृषिको विकास, गाउँमा भएको दूध, तरकारीलगायत यहाँको थप विकास गर्नका लागि ललितपुरवासीले आफूलाई पुनः निर्वािर्चत गर्ने विश्वास रहेको छ ।

तपाईंको प्रतिकृया
Loading...