‘पूर्वाधार विकास, खानेपानी तथा सरसफाइ, धार्मिक तथा पर्यटकीय विकासका कार्यक्रम ल्याउनेछु’

loading...

 

मदनबहादुर अमात्य
प्रतिनिधिसभा, नेपाली कांगे्रस
ललितपुर क्षेत्र नं ३

ललितपुर । नेपाली राजनीतिमा लोकतन्त्रको र लोकतन्त्रमा कांग्रेसको विकल्प पनि छैन । नेपालको राजनीतिमा नेपाली कांग्रेस नै एक मात्र त्यस्तो पार्टी हो, जो लोकतन्त्रको हिमायती, अग्रगमनको नायक र स्वतन्त्रताको सारथी सावित भएर समावेशी लोकतन्त्र, बहुदलीय व्यवस्था, जनप्रतिनिधिको शासन, जनताको सर्वोच्चता, आवधिक निर्वाचन प्रणाली, मौलिक हक र मानवअधिकार, विधिको शासन, आर्थिक सम्बृद्धि, दिगो विकास र समतामा आधारित सम्मुनत नेपालको परिकल्पनालाई आफ्नो मार्ग चित्रमा प्रस्तुत गरेको छ । जनताको समृद्धिका लागि विकासका मार्ग कोर्न चाहन्छ ।

संविधानसभामा यहाँका मतदाताले संविधान बनाउन आफूलाई पठाउनुभएकोमा त्यो काम पूरा भयो, अब विकासमा लाग्ने प्रतिबद्धता लिएर मतदातासम्म जाँदैछु। आफ्नो इमानदारिता, लगनशीलता र राष्ट्रवादले गर्दा जित्नेछु। यस क्षेत्रका सबैतिरको साझा समस्या पानीको अभाव छ। धारा वितरण गर्न बाँकी रहेको र धारा भएका ठाउँमा समेत पानी नआउँदा स्थानीयवासी पानी अभाव भोग्न बाध्य छन्। आगामी ५ वर्षमा पानीको समस्या सधैँका लागि हल गर्ने मसँग योजना छ ।

नगरको भित्री भागमा सम्पदाको संरक्षण, युवाका लागि रोजगारी, सामुदायिक र निजी शिक्षाको अन्तर लगायतका समस्या छन् । भूकम्पले क्षतिग्रस्त भएका निजी घर र सम्पदाको पुनर्निर्माणका लागि लाग्ने प्रतिबद्धता रहेको छ । विकासलाई स्मरण गर्दा, २०७० मा म जितेपछि सडक, ढल, पेटी, पार्क एवं मन्दिर, गुठीघरलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको छु । जनताको शिक्षा, स्वास्थ्य, सीप, आयआर्जन र रोजगारीलाई प्राथमिकिकरणमा राखेर क्षमता अभिवृद्धि र जीवन निर्वाहलाई आधार मानेर कार्य गर्ने दृढताका व्यक्त गरेको छु । पूर्वाधार विकास, खानेपानी तथा सरसफाइ, धार्मिक तथा पर्यटकीय विकास आयआर्जन तथा जीविकोपार्जनका कार्यक्रम अघि बढाउनेछु ।

तपाईंको प्रतिकृया
Loading...