समावेशी खबर र आवाजको संवाहक|Saturday, January 21, 2017

व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आन्दोलन 

allपौष १६, ललितपुर । खुल्ला बजार व्यवसायीहरुले आफ्नो माग सुनुवाइ नभएको भन्दै आज ललितपुर उपमहानगरपालिका घेराउ गरेका छन् । पटक पटक आफ्नो व्यवसाय गर्न पाउनुपर्ने माग राख्दा पनि सम्बन्धीत निकायले ध्यान नदिएको भन्दै उनीहरुले आन्दोलनको कार्यक्रम समेत घोषणा गरेका छन् । उक्त विरोध कार्यक्रम संयुक्त संर्घष समितिले गरेको हो । खुल्ला बजार राख्ने व्यवसायीहरुले आफूले बजार राख्दा कुनै हस्तक्षेप नगरी बजार राख्ने बताउँदै आएपनि आफूहरुको माग पुरा नभएको भन्दै विरोध स्वरुप वृहत कोणसभा गर्न बाध्य भएको उनिहरुले बताएका छन् ।
आफूहरुलाई कि त पुरानो ठाउँमा बजार राख्ने व्यवस्था हुनुपर्यो कि त वैकल्पीक व्यवस्था मिलाउनु पर्यो भन्दै उपमहानगरपालिका अगाडि नाराबाजी गरेका थिए ।
आफ्नो रोजीरोटि खोसीएको भन्दै  राज्यले वेवास्ता गरेको खुल्ला बजार व्यवसायीहरुको भनाई छ । आफूहरु पनि नेपाली नागरीक भएकाले निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग उनिहरुको थियो । यो माग पुरा नभए आगमी दिनमा थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
स्टाफ कलेज, नेपाल बैक अगाडि , गुठी जग्गा र जावलाखेलमा व्यवसाय गर्न पाउनुपर्ने उनिहरुको माग छ । यसअघि सार्क सम्मेलनका लागि भन्दै यी ठाउँहरुबाट खुल्ला बजार व्यवसायीहरुलाई हटाईएको थियो ।
यसैबिच ललितपुर उपमहानगरपालिका प्रमुख ताराबहादुर कार्कीले खुल्ला बजार व्यवसाय सञ्चालन गर्न वैकल्पीक ठाउँको रुपमा नख्खुमा देखाउँदा व्यवसायीहरुले नमानेको बताएका छन् । साथै उनीहरुलाई व्यवस्थीत ठाउँ आफै खोज्न आग्रह गर्दा पुरानै ठाउँ माग गरेपछि आफूहरुले सरकारी स्तर, टोलसुधार समिति, ज्यापू समाज लगायत सँग छलफल गर्दा ती ठाउँहरुमा खुल्ला बजार राख्न नदिने निर्णय भएको समेत उनले बताए । उचित वैकल्पीक ठाउँको रुपमा नख्खु नै भएको उनले दावि गरे ।

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु