स्पेनिस ला लिगा फुटबल

बराबरीमा रियल मड्रिड

loading...

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित साबिकको बिजेता रियल मड्रिड एथ्लेटिको बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको हो ।

बिल्बाओको घरेलु मैदानमा भएको खेलमा बल पोजिसनमा पकड जमाएपनि रियल मड्रिडले जित निकाल्न सकेनन् । रियललाई घरेलु मैदानमा बराबरीमा रोक्न बिल्बाओका किपर किप्पाले उत्कृष्ट प्रदर्शन गरेका थिए । रियलको १० पटकको आक्रमण उनले विफल बनाएका थिए ।

यता, घरेलु टोलीले १० खेलाडीमा सिमित भएको रियल मड्रिडमाथि गोल गर्न सकेन् । खेलको ८६ औं मिनेटमा रियलका कप्तान सर्जियो रामोस दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

यो बराबरीपछि रियलले शिर्ष तीन स्थानको क्लबसँग अंक दुरी कम गर्ने मौका गुमाएको छ । बराबरीमा रोकिएपछि रियलले १४ खेलबाट २८ अंक जोडेको छ । रियल लिगको चौथो स्थानमा छ । बिल्बाओ १४ अंक जोडेर लिगको १५ औं स्थानमा छ ।

स्पेनिस ला लिगा अन्तर्गत नै शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रियल सोसिडाडलाई २ – १ ले पराजित गरेको छ । एथ्लेटिको मड्रिडको जितमा फिलिपे लुइस र एन्टोनियो ग्रीजम्यानले समान एक एक गोल गरे । सोसिडाडका विलियन जोसले एक गोल फर्काए ।

यो जितसँगै लिगमा ३० अंक जोडेको एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ । लिगमा २६ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा रहदा ३१ अंक जोडेको भ्यालेन्सिया दोस्रो स्थानमा छ ।

तपाईंको प्रतिकृया
Loading...