फ्रेन्च लिग लिग वान फुटबल

पीएसजीको यात्रा टुंगियो

loading...

एजेन्सी । फ्रेन्च लिग लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । शनिबार राति भएको खेलमा पिएसजी स्ट्रासबर्गसँग २ – १ ले पराजित भएको हो ।

स्ट्रासबर्गले आफ्नै घरेलु मैदानमा साबिकको बिजेता तथा लिग लिडर पिएसजीलाई स्तब्ध बनाएको हो । स्ट्रासबर्गको जितमा डा कोष्टा र स्टेपहेन बाहोकेनले समान एक एक गोल गरे ।

पिएसजीका केलियन एमबाप्पेले एक गोल फर्काए । स्ट्रासबर्गसँगको हारसँगै पिएसजीको २२ औ खेलको अपराजित यात्रा समेत टुंगिएको छ  ।

घरेलु मैदानमा स्ट्रासबर्गले खेलको १३ औं मिनेटमा कोष्टाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको ४२ औं मिनेटमा पिएसजीका एमबाप्पेले एक गोल गरेपछि पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ६५ औं मिनेटमा बाहोकेनले एक गोल गरेपछि स्ट्रासबर्गले २ – १ को महत्वपूर्ण जित निकाल्यो ।

स्ट्रासबर्गसँग पराजित भएपनि लिग लिडर पिएसजीले १६ खेलबाट ४१ अंक जोडेको छ ।  १८ अंक जोडेको स्ट्रासबर्ग लिगको १६ औं स्थानमा छ । ३२ अंक जोडेर मोनाको लिगको दोस्रो स्थानमा रहदा ३१ अंक जोडेको मार्सेली चौथो स्थानमा छ ।

शनिबार राति नै भएको खेलमा मोनाकोले एन्जर्सलाई १ – ० ले पराजित गरेको थियो । मोनाकोको जितमा एक मात्र निर्णायक गोल राडमेल फाल्काओले निर्णायक गोल गरेका थिए । उनले दोस्रो मिनेटमा  गरेको गोल नै निर्णायक बनेको थियो ।

तपाईंको प्रतिकृया
Loading...