प्रचण्डले बोलेपछि सुनाकोठीमा पर्रर ताली

'एउटा सानो भुलचुकले एकपटक पराजित हुनु परेपनि यो हाम्रो लालकिल्लै हो'

loading...

ललितपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ललितपुर चिनियाँ कम्युनिस्टका लागि बेइजिङ जस्तै हो भएको बताए । ‘प्रचण्ड’ले थपे, ‘एउटा सानो भुलचुकले एकपटक पराजित हुनुपरे पनि यो हाम्रो लालकिल्लै हो ।’ शनिबार ललितपुर क्षेत्र नम्बर ३ सुनाकोठीमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले ललितपुरका तीन निर्वाचन क्षेत्र वाम गठबन्धको लालकिल्ला भएको समेत प्रष्ट पारे । उनले चुनावी सभाबाट ललितपुरका गठबन्धन उम्मेदवारलाई अग्रिम बधाई समेत दिए।

कार्यक्रममा बोल्दै ललितपुर क्षेत्र नम्बर ३ की वाम गठबन्धनकी प्रतिनिधिसभा उम्मेदवार पम्फा भुसालले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने आफ्नो योजना रहेको बताइन्। ‘ललितपुरलाई देशकै नमुना सहरको रुपमा विकास गर्नका निम्ति सांस्कृतिक राजधानी बनाउछौँ’, भुसालले भनिन्,‘पाँच वर्षभित्रमा ललितपुरका सबै सडक पिच भइसक्छन्।’

माओवादी केन्द्रकी प्रवक्ता समेत रहेकी भुसालले ललितपुरको विकास र समृद्धिका लागि आफू सदैव लागि पर्ने उद्घोष समेत गरेकी छिन्।

तपाईंको प्रतिकृया
Loading...