​प्रभु बैंकले गर्यो बौद्धिक अपांगहरूलाई शैक्षिक सामाग्री वितरण

loading...

अछाम, मंसिर १५ । प्रभु बैङ्क लिमिटेड कमलबजार अछाम शाखाले आफनो प्रथम वार्षिक उत्सवको अवसरमा बौद्विक अपङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।अछाम जिल्लाको पञ्‍चदेवल विनायक नगरपालिकामा पर्ने श्री विद्या मन्दिर माध्यामिक विद्यालय विनायकमा विभिन्न तहमा अध्यन गर्ने बौद्विक अपङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको प्रभु बैंक कमलबजारका कर्मचारी गणेशराज भण्डारीले जानकारी दिए ।

प्रभु बैङ्कबाट शाखा प्रबन्धक सन्जिव कुमार मण्डल र विद्यालयबाट सहप्राचार्य पहल सिंहले संयुक्त रुपमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि र पोशाक वितरण गरे ।

विद्यार्थीहरु ले शैक्षिक सामाग्रिले आफुहरुलाई अध्यनका लागी थप सहज भएको बताएका छन् । प्रभु बैंक अछामको ग्रामिण क्षेत्रमा सञ्चालित एक मात्र बैंक हो ।

तपाईंको प्रतिकृया
Loading...