नर्सहरुकै विरोधपछि रोकियो ‘मिस नर्स’

loading...

चितवन, मंसिर १६ । ‘मिस नर्स चितवन’ प्रतियोगता नहुने भएको छ । चितवनमा रहेका नर्सहरुबीच हुने सौन्दर्य प्रतियोगिता भइरहेको ‘मिस नर्स चितवन’ नहुने आयोजकले बताएको छ । यसपल्ट उक्त प्रतियोगितालाई ‘मिस पिस चितवन’ बनाउने सहमति भएको छ।

आगामी दिनमा नर्स जोडेर यस्ता प्रतियोगिता नगर्ने सहमति आयोजकले गरेको नेपाल नर्सिङ एशोसियसनका चितवनले जनाएको छ ।

नर्सिङ जस्तो सेवामूलक पेशामा रहेकाको सौन्दर्य मापन गर्न खोजिएको भन्दै नर्सहरुले विरोध जनाएपछि यो रोकिएको हो ।

मिस नर्सलाई लिएर नर्सहरुको छाता संगठन नेपाल नर्सिङ एशोसियसनले मिस नर्स चितवन हुन नदिने बताएको छ । नर्सको गुणस्तर यस्ता कुराले मापन गर्न नसकिने बताँउदै आएको छ ।

काठमाडौंमा आयोजना हुने गरेको मिस नर्स अघिल्लो वर्षबाट बन्द भएको छ । नर्सिङ एशोसियसनले यसको चर्को विरोध गरेपछि आयोजक संस्थाले मिस नर्स रोकेको थियो ।

तपाईंको प्रतिकृया
Loading...