यी कम्पनीको हकप्रद शेयर निष्काशन भएका छन्, भर्न त छुट्नु भएन ?

loading...

काठमाडौं, मंसिर १६ । हालै यी ५ बैंक तथा वित्तीय संस्थाहरुको हकप्रद शेयर निष्काशन भएका छन् ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले १० बराबर ४ अनुपात अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले सय रुपैयाँ अंकित मुल्यमा १९ लाख ७३ हजार ९ सय २८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको हकप्रद कार्तिक १२ गतेदेखि मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् । जसको शेयर निष्कशन तथा विक्री प्रबन्धकमा एनआइइबिल क्यापिटल मार्केस लिमिटेड रहेको छ ।

४९ करोड ३४ लाख ८२ हजार १ सय ९२ हजार चुक्ता भएको गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन पछि ६९ करोड ०८ लाख ७५ हजार ६९ रुपैयाँ पुग्नेछ ।

भार्गव विकास बैंक लिमिटेड

भार्गव विकास बैंक लिमिटेडले १० बराबर ८ को अनुपातमा अर्थात अर्थात ८० प्रतिशत हकप्रद शेयर कात्तिक २४ गतेदेखि बिक्री खुल्ला गरेको छ । बैंकले १०० रुपैयाँ अ्रकित मूल्यमा २१ लाख १२ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

बैंकले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । बैंकको हकप्रदमा लगानीकर्ताले मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

माउन्ट मकालु डेभलपमेन्ट बैंक

माउन्ट मकालु डेभलपमेन्ट बैंकले मंसिर ७ गतेबाट हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले दुई बराबर एकको अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद निष्काशन गरेको होे ।

बैंकले सय रुपैयाँ अकिंत मूल्यमा तीन लाख ४५ हजार ८०० कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो । हाल ६ करोड ९१ लाख ६० हजार रुपैयाँ चुक्तापूँजी रहेको माउन्ट मकालुको हकप्रद बिक्री पश्चाच पूँजी १० करोड ३७ लाख ४० हजार पुग्नेछ ।

बैंकको हकप्रदमा कात्तिक १६ गतेसम्म कायम शेयरधनीले मंसिर ७ देखि पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ ।

यी दुई कम्पनीको हकप्रद मंसिरभित्रै

सिभिल बैंक

सिभिल बैंकले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २ अर्ब ७ करोड ४० लाख ८८ हजार ६७५ रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद शेयर बिक्री गर्ने लागेको हो ।

बैंकको हकप्रदमा मंसिर ५ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले मंसिर २२ देखि पुस २७ सम्म शेयर आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख १० हजार ३६२ रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

रिलायन्स फाइनान्स

रिलायन्स फाइनान्सले १०: ४.५ अनुपातमा हकप्रद शेयर मंसिर २२ गतेबाट निष्काशन गर्ने भएको छ । फाइनान्सले १०० रुपैयाँ अंकित दरमा २३ लाख ६ हजार ५७१.६० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

हाल रिलायन्सको चुक्ता पुँजी ५१ करोड २५ लाख ७१ हजार रुपैयाँ छ । उक्त हकप्रद निष्काशनपछि फाइनान्सको चुक्ता पुँजी ७४ करोड ३२ लाख २८ हजार १६० रुपैयाँ पुग्नेछ ।

-आर्थिक न्युजबाट

तपाईंको प्रतिकृया
Loading...