धुर्मुस र सुन्तलीको प्रेमगीत (भिडियोसहित)

loading...

काठमाडौँ, मंसिर १६ । नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस सुन्तलीले दशौं वैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा एक गीत सार्वजनिक गरेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरु सँगैं एनिभर्सरी मनाउँदै उक्त गीत सार्वजनिक गरेका हुन् ।

धुर्मुस सुन्तली २०६५ मंसीर १४ गते बैवाहिक जीवनमा प्रवेश गरेका थिए । मंसीर ४ गते आफ्नो दशौं एनिभर्सरीको अवसरमा धुर्मुस सुन्तलीले ‘म जुन दिन देखी’ बोलको गीतको भिडियो रिलिज गरेका हुन् ।

 

आफैले निर्माण गरिरहेको सन्तपुर बस्तीका झण्डैं २६१ कामदारहरुलाई लड्डु खुवाएर उनिहरुले एनिभर्सरी सेलिब्रेसन गरेका छन् । एनिभर्सरी मनाउँदै उनिहरुले उत्कृष्ट काम गर्ने कामदार र स्थानियहरुलाई पुरस्कार समेत दिएका छन् ।

तपाईंको प्रतिकृया
Loading...