सगरमाथाको उचाई नाप्दै विज्ञहरु

loading...

काठमाडौं । नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाई मापन सुरु गरेको छ । १० जना अन्र्तराष्ट्रिय विज्ञको समेत सहयोग लिइएको सगरमाथा उचाई मापनमा आधुनिक प्रविधि प्रयोग गरिने नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिएका छन् ।

भट्टका अनुसार मापनलाई अन्र्तराष्ट्रिय मान्यता प्राप्त गर्न विदेशी विज्ञको सहयोग लिइएको हो । विभागले उचाइ मापनलाई प्रभावकारी बनाउन मंसिर २५ र २६ गते अन्र्तराष्ट्रिय कार्यशाला आयोजना गरेको छ । कार्यशालामा अमेरिका, चीन, भारत र जापानलगायत विभिन्न मुलुकका विज्ञ, प्रतिनिधि सहभागी हुनेछन् ।

सगरमाथाको उचाइ मापनमा नेपालले अपनाएको विधि विज्ञहरूमा प्रस्ताव गरी थप सुझाव लिएर काम अघि बढाइनेछ । नेपाल सरकारले पहिलो पटक गरेको सगरमाथाको उचाइ मापनमा विवाद नआओस् र सर्वस्वीकार्य होस् भनेर विश्वकै दक्ष विज्ञहरूलाई सहभागी गराइएको विभागको भनाइ छ । अन्नपूर्ण पोस्ट

तपाईंको प्रतिकृया
Loading...