विश्व साईकल यात्री दिपक खत्री अहिले कतारमा

loading...

केशब चापागाईं,कतार ।

काठमाडौँ, मंसिर १५ । विश्व साईकल यात्रामा निक्लेका दिपक खत्री अहिले कतारमा यात्रारत छन । दोलखाको बैदिश्वर-८ निवासी खत्री यात्राकै क्रममा युएइ को दुबइबाट साउदी अरेबिया हुँदै कतार आएका हुन ।

मलेसिया,सिंगापुर,स्विजरल्याण्ड लगायतका ९२ देस घुमेका खत्रीले नेपालका ७५ जिल्लाको यात्रा सकेर भारत हुँदै विश्व यात्रामा निक्लेको बताए ।

कुराकानीको क्रममा खत्री बाल्यकालका अनेक पीडा छिचोल्दै आफ्नो सोख र नेपाललाइ विश्वमा चिनाउने संकल्प पूरा गर्न विश्व साइकल यात्रामा निक्लेको बताउछन ।

जीवन धान्न मिनिरल वाटरको बोतल बेचेको स्मरण गर्दै उनले विश्व साइकल यात्राका क्रममा भएका अनेक पीडाहरु सुनाए । नेपाललाई विश्वभर चिनाउने उदेश्यले विश्व साइकल यात्रामा निस्केका २६ वर्षीया खत्री मलेसिया यात्राको क्रममा मलेसियाका तमिलहरुले लुटेको स्मरण गर्दै यस्ता ब्यबधानबाट कति पनि विचलित नहुने भन्दै जम्मा १६३ देस घुम्ने बताउछन ।

८ वर्षमा ९२ देस घुमिसकेका दिपकले अब पाँच वर्षमा बाकी देस पनि घुमिसक्ने उदेश्य रहेको बताए।

विश्व साइकल यात्राको आठ वर्षमा एक चोटि स्वदेस पुगेका खत्री अब सम्पुर्ण देशको यात्रा सकेर मात्र स्वदेस जाने बताउछन ।

तपाईंको प्रतिकृया
Loading...