नबन्दै निर्जलाकाे नामैनाम

loading...

काठमाडौँ, मंसिर १४ । नव निर्माता एवम हाक्काहाक्की टेलिसिरियलका कलाकार प्रकाश न्यौपानेले निर्माण गर्न लागेको चलचित्र निर्जलामा निर्देशक राजु गिरी र नायिका शुभेच्छा थापालाई अहिलेसम्मकै महगो रकममा एग्रिमेन्ट गरेका छन् ।

शुभ श्री प्रोडक्सन प्रा. लि द्धारा निर्माण गर्न लागेको चलचित्र निर्जलामा प्रकाश न्यौपानेले नायिका शुभेच्छा थापालाई हालसम्मकै महगो रकम रु ८ लाखमा एग्रिमेन्ट गरेका हुन भने निर्देशक राजु गिरीलाई ११ लाखमा साइन गराएका हुन ।

चलचित्र निर्जला मंसिर १७ गते देखि छायांकनमा जाने बताइएको छ ।

उक्त चलचित्रको एउटा गीत आज मात्र रेकर्ड गरिएको निर्माता न्यौपानेले बताए । गीतमा मेलिना राईको आवाज रहेको छ भने बावुल गिरीले संगित भरेका छन् । गीतको लेखन राम रुवालीले लेखेका हुन ।

चलचित्रको क्यामेराम्यान रामेश्वर हुमागाइँ, निर्देशक राजु गिरी रहेका छन भने नायिका शुभेच्छा थापा, निक शर्मा, जयनन्द लामा, राजु पौडेल, मरिचमान(बल्छी धुर्बे) रश्मी भट्ट,पल्पसा डंगोल,राजकुमार थापा,भिम खनाल, मदन सिटौला लगायतका कलाकारहरुको अभिनय रहने बताइएको छ ।

तपाईंको प्रतिकृया
Loading...