फिल्म ‘बिराङ्गना’को गीति भिडियोमा ३०० कोरस

loading...

काठमाडौँ, मंसिर १२ । फिल्म ‘बिरङ्गना’मा समावेश एक गीतको भिडियो छायांकन भएको छ। ‘तिमी पुलिस म नि पुलिस सेमसेम छ ड्युटी’ गीतको भिडियोमा गरेको फरक प्रयोग झल्कने फोटोहरु फिल्म युनिटले सार्वजनिक गरेको छ ।

राज बहादुर साने निर्देशित फिल्मको उक्त गीतको भिडियोमा दुई सय बढी सशस्त्र प्रहरी र एक सयभन्दा बढी डान्सरको कोरस रहेको छ । भिडको प्रयोग गरिएको भिडियो निर्देशन भने नृत्य निर्देशक कविराज गहतराजले गरेका छन् ।

भिडसँगै फिल्मकी अभिनेत्री शिल्पा पोखरेल तथा अभिनेता अनुप बिक्रम शाहीको फिचरिङ रहेको छ । गीतको छायांकन शसस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयम्भुमा गरिएको हो । गीतसँगै फिल्मको छायांकन पनि सकिएको निर्देशकले जानकारी दिए ।

फिल्ममा अनुप र शिल्पाको अलवा धिरेन शाक्य, पृथ्वीराज प्रसाई,प्रज्वल गिरी, प्रीया रिजाल, कृष्ण सिवाकोटी, देब तामङ, अमृत सापकोटा, अंशु थापा लगायतको प्रमुख भूमिका रहेको छ। फिल्ममा श्री श्रेष्ठको द्वन्द र सञ्जय लामाको छायांकन रहेको छ । फिल्म आउँदो फागुनमा प्रदर्शन हुने बताइएको छ ।

तपाईंको प्रतिकृया
Loading...