फेसबुकको फन्दाले सम्बन्ध नै गन्दा

loading...

काठमाडौं । नेपाली समाजलाई अहिले दुईवटा समस्याले सताएको छ । वैदेशिक रोजगारले रेमिटेन्स त भित्रिएकै छ र त्यससँगै धेरै विकृति पनि बढेका छन् । त्यस्तै फेसबुकले पनि धेरैलाई बर्बाद पारेको छ ।
फेसबुककै कारण दाङकी एक महिलाको डिभोर्स हुने अवस्था आइपरेको छ । श्रीमान विदेशमा भएकाले उनको देवरसँग हिमचिम भयो । तर, पछिल्लो समय देवरसँग टाढिएपछि देवरले व्लाकमेलिङ शुरु गरे । पहिला खिचिएका शारिरिक सम्पर्क फोटोहरु फेसबुकमा राखिदिए । त्यसपछि प्रहरीलाई उजुरी दिएपछि देवर कृष्ण चौधरी पक्राउ गरियो ।

यस्ता उजुरीहरु दैनिक जसो प्रहरीमा आउने गरेको छ । केटाकेटीहरु बीच राम्रो सम्बन्ध हुँदा अश्लील फोटोहरु खिच्ने गर्दछन् । जब सम्बन्ध बिग्रिन्छ, त्यसपछि तिनै फोटोहरु सार्वजनिक गरेर बदला लिन्छन् । खासगरि फेसबुकको गलत धन्दामा युवतीहरुको बढी उजुरी आउने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

 

तपाईंको प्रतिकृया
Loading...