बल्ल बोले बाबुराम, ‘मेरो जीतमा कुनै शंका छैन’

loading...

गोरखा, मंसिर ११ ।  नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो जीत निश्चित भएको दाबी गरेका छन् । संगसंगै उनले चुनावमा भर नहुने बताएका छन् ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका डा. भट्टराईले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो जीतमा कुनै शंका नरहेको भएपनि चुनावमा भर नहुने बताएका हुन् ।

उनले भने ‘मेरो जीतमा कुनै शंका छैन’ तर चुनावमा भर हुँदैन’ । उनले हार जीतभन्दा पनि मतान्तर कति हुनेमा जनताको चाँसो रहेको पनि बताए । उनले यो निर्वाचन नेपालमा संघीय गणतन्त्रलाई संस्थागत गर्ने र समृद्धिको बाटोमा अघि बढ्ने महत्वपूर्ण अवसर भएको जिकिर गरे । ‘यसमा भाग लिएर सबै नेपालीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ म पनि त्यही गर्दैछु,’ डा. भट्टराईले भने ।

भट्टराईले आफू अर्थमन्त्री भए यता गोरखाको विकासमा तिव्रता आएको भन्दै यसलाई पूरा गर्न जनताले फेरि अभिमत दिने विश्वास व्यक्त गरे ।

तपाईंको प्रतिकृया
Loading...