ग्लोबल बोर्डमा चम्किइन् ओमदेवी

loading...

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए)को ग्लोबल बोर्ड सदस्य भएको २० वर्षपछि नेपाल सदस्यमा निर्वाचित भएको छ । सन् १९९७ मा नेपाल महासंघको सदस्य थियो । मलेसियाको क्वालालम्पुरमा नोभेम्बर १४ देखि १७ सम्म भएको ग्लोबल काँग्रेसको (आइसिए)को साधारणसभाबाट राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल निर्वाचित भएकी छिन ।

जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको आयोजनामा ओमदेवी मल्ललाई बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रम ।

पूर्व सांसद मल्ल लामो समयदेखि सहकारी अभियानमा क्रियाशील महिला हुन् । उनी राष्ट्रिय सहकारी महासंघको पहिलो महिला उपाध्यक्षसमेत हुन ।

भारतबाट सहकारी शिक्षा तथा व्यवस्थापनमा डिप्लोमा लिने उनी नेपालको पहिलो महिला सहकारीकर्मी पनि हुन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर पनि हुन् । राष्ट्रिय सहकारी महासंघ, ३४ हजारभन्दा बढी सहकारी संघसंस्था र ६० लाख सहकारीकर्मीको साझा संगठन हो ।

जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको आयोजनामा ओमदेवी मल्ललाई बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रम ।

मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघ ९आइसिए० को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अभियानका लागि महत्वपूर्ण उपलब्धि भएको जनाएको छ ।

तपाईंको प्रतिकृया
Loading...