‘जाग नेपाली अब त’

loading...

९ कक्षामा अध्ययनरत बिद्यार्थी इशान भण्डारीको रचना ” जाग नेपाली अब त ”

बिहानीको झिसमिसेले
जाग नेपाली भनिरहँदा
शून्य चेतनामा लम्पसार परेको
लम्पट नेपाली देखेर
नेपाल आमा पुकार गरेकी छन्
जाग नेपाली भनेर ।
हेर, तिमीसँगैका तिम्रा साथीहरु
सिङ्गापुर, थाइल्यान्ड, मलेसिया र कोरियालाई
समस्याहरुसँग जुध्दै अघि बढेर
ब्दलिसके तिनले आफ्नो मुलुकलाई
विकासको भोक जनतामा जगाई
अठोटका साथ सधै अघि बढेर ।
उफ्रिउफ्री अघि बढेका छन् छिमेकीहरु
भरत, चीन, भुटान, श्रीलङ्का
घिस्रिएर हिँडी हुन्न विकास
समाउ पौरखको हतियार सबैले
भनी नेपाल आमा पुकार गरेकी छन्
जाग नेपाली अब त !!

तपाईंको प्रतिकृया
Loading...