राष्ट्रिय सहकारी बैंक उत्कृष्ट करदाता

loading...

काठमाडौं । आन्तरिक राजस्व विभागले सहकारी क्षेत्रको उत्कृष्ट करदाताका रुपमा राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई सम्मान गरेको छ । छैठौं राष्ट्रिय कर दिवसका अवसरमा राष्ट्रिय सहकारी बैंकलाई सहकारी क्षेत्रको तर्फबाट सबै भन्दा बढी आयकर तिर्ने संस्थाको रुपमा सम्मान गरेको हो ।

नेपाल सरकारको मुख्य सचिव लोकदर्शन रेग्मीले बैंकको तर्फबाट निमित्त महाप्रबन्धक हरिकृष्ण सापकोटालाई सम्मान पत्र प्रदान गर्नु गरेका थिए । लगातार तीन वर्षदेखि राष्ट्रिय सहकारी बैंक सहकारी क्षेत्रको उत्कृष्ट आयकर तिर्ने संस्थाको रुपमा सम्मानित भएको हो ।
बैंकले आर्थिक वर्ष २०७२/०७३ मा सरकारलाई कुल १० करोड ७० लाख कर दाखिला गरेको थियो ।

देशभरका हाल नौ हजार भन्दा बढी सहकारी सहकारी संघ/संस्था सदस्य रहेको बैंकमा ९१ करोड शेयर पूँजी, १३ अर्ब ८२ करोड बचत, ९ अर्ब ३० लाख लगानी रहेको छ ।
३७ वटा शाखा मार्फत देशभरका सहकारी संघ संस्थाहरुको वित्तीय तथा संस्थागत सुशासनका लागि काम गर्दे आइरहेको बैंकले उत्पादन, उर्जा र कृषि क्षेत्रमा लगानी वृद्धि गर्दै अगाडी बढ्ने लक्ष्यका साथ अगाडी बढेको छ ।

तपाईंको प्रतिकृया
Loading...