सिमल साकोसको आयोजनामा असल बैठक प्रणाली तालिम

loading...

काठमाडौं । सूर्यविनायक भक्तपुर स्थित सिमल बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरको प्राविधिक सहयोगमा असल बैठक प्रणाली तालिम सम्पन्न भएको छ । तालिममा संस्थाका संचालक समिति, लेखा समिति, विभिन्न उपसमिति, कर्मचारी र संस्थापक सदस्य गरी ३३ जनाको सहभागिता रहेको थियो ।

सिमल सहकारीमा सहकारी क्षेत्रले आफ्ना सदस्यहरुको सामाजिक, आर्थिक तथा सांस्कृतिक जिवनस्तर सुदृढ गर्नुका साथै सहकारी संस्थाहरुलाई व्यावसायिक उन्मुख बनाउन नेतृत्व तहले असल तरिकाबाट बैठक बसि निर्णय गर्ने क्षमता अभिबृद्धि गर्ने यस तालिमको मुख्य उदेश्य रहेको छ ।

तालिममा प्रशिक्षक एवं सहजकर्ता तुल्सी हरि प्रजापति असल बैठक संचालन गर्न गर्नुपर्ने सम्पूर्ण भुमिकालाई जोड दिई बैठकको परिचय, महत्व, प्रकार, बैठक पूर्वको तयारी र संचालन, बैठकमा सभापतिको र उपस्थिथितिको जिम्मेवारी, बैठकपछिको कार्यहरु आदि विषयमा प्रशिक्षण गराई पूर्ण रुपमा अभ्यास समेत गराएका थिए ।

गत आ.व.२०७३÷७४ मा नव निर्वाचित संचालक समिति र लेखा समितिले बैठक संचालन र निर्णयले नै संस्था अघि वढ्न सक्ने महशुस गरि संचालक समितिद्धारा गठित संस्थाको अन्य विभिन्न उपसमिति र भविष्यमा यस संस्थामा नेतृत्व गर्न आउन सक्नेहरु विशेष रुपमा सहभागि गराएको थियो । यस तालिममा नयाँ सहकारी ऐन २०७४ का मुख्य बुदाँ बारेमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का व्यवस्थापक बाल कृष्ण धोजुले प्रशिक्षण दिएका थिए ।

तपाईंको प्रतिकृया
Loading...