मनकामना केबुलकार २० वर्षमा प्रवेश

loading...

काठमाडौँ, मंसिर ८ । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आजबाट १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको छ ।

२०५४ मंसिर ८ गतेबाट व्यवसायिक रुपले सञ्चालनमा ल्याइएको केबुलकार चितवनको चेरेसबाट मनकामना देवीको मन्दिर रहेको मनकामनासम्म सेवा प्रदान गर्दै आएको छ ।

करिब ३ किमी क्षेत्रमा रहेका ३१ वटा केबुलकारले प्रतिघण्टा ६ सयसम्म यात्रु ओसार्छ । वार्षिक १०  लाख भक्तजन तथा यात्रु मनकामना जाने आउने गर्ने कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

तपाईंको प्रतिकृया
Loading...