निधि अस्पताल भर्नापछि महतोद्वारा स्वास्थ्य लाभको कामना

loading...

काठमाडौँ, मंसिर ५ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि चुनावी अभियान कै क्रममा विरामी परेपछि सोमबारदेखि काठमाडौंस्थित ओम अस्पतालमा भर्ना भएका छन् ।

प्रतिनिधि सभाका लागि उम्मेदवार निधिले उम्मेदवार दिएकै धनुषा क्षेत्र नम्बर तीनबाट उम्मेदवार बनेका राजपा नेता राजेन्द्र महतोले स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्यस्तै, उपचाररत निधिलाई पूर्व राष्ट्रपति डा.रामवरण यादव, कांग्रेस सभापति शेरबहादुर देउवा र राजपाका संयोजक महन्थ ठाकुरले भेटघाट गरेका छन् ।

उनीहरुले भेटेर स्वास्थ्य लाभको कामना गरेको निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए।

यसअघि पनि स्थानीय निकायको चुनावी अभियानकै क्रममा उनी मञ्चमै ढलेका थिए ।

तपाईंको प्रतिकृया
Loading...