स्मार्टफोनबाट उत्कृष्ट फोटो कसरी खिच्ने ?

loading...

एजेन्सी । मोबाइलको क्यामेराको प्रयोग त सबैले गर्छन्, तर सबै उच्च क्वालिटीको फोटो खिच्न असमर्थ हुन्छन । यस्ता केही तरिका छन्, जसको मद्दतले राम्रो फोटो खिच्न सकिन्छ ।

१.फोटो खिच्नुभन्दा पहिले लेन्सलाई नरम कपडाले सफा गर्नुपर्छ । लेन्सको फोहोर फोटोमा नदेखिए पनि यसले गुणस्तरमा असर पुर्याउँछ ।

२.फ्ल्यास लाइटको प्रयोगमा ध्यान पुर्याउनुपर्छ । प्राकृतिक लाइटमा खिचिएको फोटो राम्रो हुन्छ । लाइट धेरै कम भएका बेला मात्र फ्ल्यास लाइटको प्रयोग गर्ने गर्नुपर्छ ।

३.फोटोको क्वालिटी रिजोलेसनमा पनि भर पर्छ । त्यसैले जति बढी रिजोलेसशन त्यत्ति नै फोटोको क्वालिटी राम्रो हुन्छ । सेटिङमा गएर रिजोलेसन बढाउनुपर्छ ।

४.फोटोग्राफीमा एचडीआर मोड राम्रो मानिन्छ । यसले फोटोमा प्रकाश र छायाँको अनुपात बराबर छ की छैन भनेर हेर्छ ।

५.फोनको जुम फिचरको प्रयोग सकेसम्म कम गर्नुपर्छ । जुमको प्रयोगले फोटोको क्वालिटीमा कमी आउने सम्भावना हुन्छ ।

६.सकेसम्म फोटोलाई ल्यान्डस्केप मोडमा खिच्ने प्रयास गर्नुपर्छ । यसले पछाडिको भाग समेट्न मद्दत गर्छ ।

७.राम्रो फोटोका लागि धेरै एप्सको प्रयोग गर्न सकिन्छ ।

८.आजभोलिको स्मार्टफोनमा फोटो फिल्टरको सुविधा पनि हुन्छ । फोटोको सेड जाँच गर्न फिल्टरको प्रयोग गर्न सकिन्छ ।

तपाईंको प्रतिकृया
Loading...