संघीय संसद तथा प्रदेश सभा निर्वाचनमा एलाइन्सको भूमिका महत्वपूर्ण हुने

loading...

काठमाडौं । आसन्न निर्वाचनका नेशनल कोअपरेटर्स एलाईन्सको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रममा आयोजित वक्ताहरुले जोड दिएका छन् ।

नेशनल कोअपरेटर्स एलाइन्स काठमाडौं क्षेत्र नम्बर ३ को आयोजनामा सम्पन्न भएको आसन्न संघीय संसद तथा प्रदेश सभा निर्वाचनमा एलाईन्सको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले अधिकांश व्यक्ति सहकारीमा जोडिएकाले सहकारीकर्मीको भोटले नै निर्वाचन जित्न सकिने बताए ।

कार्यक्रममा बोल्दै सहकारी तथा गरिबी निवारण मन्त्री एवम् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ को उम्मेदवार अम्बिा बस्नेतले सहकारीकर्मीको भोट निर्णयक हुने बताउनुभयो । ‘सहकारीकर्मीको भोट नै निर्णायक हुन सक्छ, तपाईहरु कसलाई जिताउने भन्ने जानकार हुनुहुन्छ ।’ उहाँले भन्नुभयो ।

सहकारी लोकतन्त्रको पर्यायवाची भएको भन्दै मन्त्री बस्नेतले लोकतन्त्र बलियो हुदाँ मात्र सहकारी बलियो हुने बताउनुभयो ।

नेशनल कोअपरेटर्स एलाईन्सका महासचिव चन्द्रप्रसाद ढकालले एलाईन्स आबद्व सहकारीकर्मीले चुनावी अभियान चलाउन आवश्यक भएको बताउनुभयो ।

तपाईंको प्रतिकृया
Loading...