सहकारी अभियानमा नेफ्स्कुन

loading...

चन्द्रप्रसाद ढकाल
महासचिव- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)
नेपालको सहकारी अभियानमा संघहरूमा सबैभन्दा जेठो संघको रूपमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) रहेको छ । प्रारम्भमा बचत तथा ऋण सहकारीको संस्थागत विकासबारे राज्य अनभिज्ञ थियो । आज नेफ्स्कुन स्थापनाले ३० औं वर्ष प्रवेश गर्दै गर्दा नेफ्स्कुनले तुलनात्मक रूपमा ग्रामीण वित्तीय पहुँच, जनशक्ति निर्माण र विकास, पहुँच र प्रविधिमा छलांग मार्न सफल भएको छ ।

 

सहकारीको विश्व इतिहासलाई हेर्ने हो भने सहकारीको जन्म सन् १८४४ मा बेलायतको मेन्चेस्टर सहरको रोचडेल गाउँमा भएको थियो । यो रोचडेल इक्विटेवल पायनियर सहकारी संस्थाको गठन भयो । यो नै संसारको जेठो र विधिवत् रूपमा स्थापना भएको सहकारी मानिएको थियो । बचत तथा ऋण सहकारीका जन्मदाता जर्मनका एफ.डब्लू. राइफाइसनले सहकारीलाई “एकका लागि सबै, सबैका लागि एक” हो भनेका छन् । स्रोत साधन, सीप र क्षमतालाई सँगै बसेर, सँगै मिलेर काम गरौं भन्ने कुरामा सहकारीले जोड दिएको छ ।

 

नेपालमा सन् १९८७ ताका एसियाली ऋण महासंघको सहयोगमा एक गोष्ठीको आयोजना गरियो । उक्त गोष्ठीमा स्वतःस्फूर्त रूपमा सञ्चालित बचत तथा ऋण समूहहरूका केही प्रतिनिधिहरूको सहभागिता थियो । गोष्ठी लगत्तै देशभित्र सञ्चालित बचत तथा ऋण समूहरूको केन्द्रीय निकायको आवश्यकता महसुस गरी वि.सं. २०४५ साउन ३२ गतेका दिन भोजराज घिमिरेको अध्यक्षतामा बचत समूह राष्ट्रिय संघ तदर्थ समितिको गठन गरियो । सहकारी ऐन २०४८ लागू भएपछि २०५० साल भदौ २९ गते नेपाल बचत तथा ऋण सहकारी संघ विधिवत् रूपमा सहकारी विभागमा दर्ता भई संस्थागत रूपमा स्थापित भइआएको छ । ऐनअनुसार २०५३ सालमा केन्द्रीय शब्द थपी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) क्रियाशील भई आएकोे छ ।

 

वि.सं.२०४५ साउन ३२ गते बसेको बचत समूह राष्ट्रिय संघ तदर्थ समितिको निर्णय पुस्तिकामा दस्तखत गर्नेहरूमध्ये केही व्यक्ति आज पनि अभियानमा सक्रिय रहिरहनुभएको छ । यसलाई हामी नजिकबाट हेर्दा सहकारीको सञ्जालीकृत गर्ने कार्यमा नेफ्स्कुनको अग्रणी भूमिका रहँदै आएको छ ।

 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाहरू (साकोस) र तिनीहरूद्धारा गठित जिल्ला संघहरूको एकमात्र केन्द्रीय संघ हो । सदस्य संघसंस्थाहरूमा आबद्ध सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानमा सहयोग पु¥याउनुका साथै साकोस तथा जिल्ला संघहरूको विकास तथा प्रवद्र्धनको लागि यो संघ प्रयत्नशील छ । संघले स्थापना कालदेखि नै अन्तराष्ट्रिय स्तरमा स्थापित ऋण संघ सञ्चालनका सिद्धान्तहरूको पूर्ण परिपालना गर्दै आइरहेको छ ।

 

नेपालका ७५ वटै जिल्लामा साकोस अभियानले सक्रियता देखाइरहेको यस अवस्थामा छरिएर रहेको पँुजीलाई अति दूरदराजमा समेत परिचालन गर्ने र ठूलो पुँजी निर्माणबाटै नेपालको सबल अर्थतन्त्र निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने महान् अभियानमा नेफ्स्कुनको निरन्तर पहल जारी छ ।

 

नेपालमा “बचत तथा ऋण सहकारी संस्थाहरूको दिगो र एकीकृत विकास” को सपना बोकेको नेफ्स्कुनले अघि सारेको साकोस एकरूपता प्रणाली अक्षरशः पालना गर्न गराउनका लागि विविध कार्यक्रमको आयोजना गरेको छ । साकोसको वर्गीकरण, स्थिरीकरण कोष तथा एकीकरण यसका अभिन्न अंगका रूपमा लागू गर्दै जाने कार्यको थालनी भएको छ ।

 

बचत तथा ऋण सहकारी संस्थाहरूमा देखिन सक्ने सम्भावित वित्तीय दुर्घटनाहरूको पूर्व रोकथाम गर्दै सदस्यहरूको बचतको सुरक्षाका लागि सदस्यहरूकै सहभागितामा नेफ्स्कुनले स्थिरीकरण कोष सञ्चालनसम्बन्धी कार्यविधि अगाडि बढाएको छ । यस कोष सञ्चालन सम्बन्धमा विगतदेखि प्रयासरत रहेको यस संघले सदस्यहरूकै लागत सहभागितामा एकको लागि सबै र सबैका लागि एकको सिद्धान्तमा रही नियमित अनुगमन तथा सुपरिवेक्षण गरी आन्तरिक सुशासन कायम गर्दै सदस्य संस्थाहरूलाई व्यवस्थापकीय रूपमा सक्षम बनाई समुदायमा आधारित दिगो संस्थागत विकासका लागि स्थिरीकरण कोष सुरुवाती क्रममा रहेको छ । हालै पारित सहकारी ऐनले समेत स्थिरीकरण कोष सञ्चालनसम्बन्धी जिम्मेवारी नेफ्स्कुनको नेतृत्वमा रहेको विषयलाई प्रष्ट पारेको छ ।

 

नेपालमा मात्र होइन एसियाली मुलुकहरूमा समेत साकोस एकरूपता प्रणालीका लागि क्रेडिट युनियनहरूको एकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको भूमिकाका विषयमा विविध प्रस्तुतीकरणहरू नेफ्स्कुनको तर्फबाट सम्पन्न भइसकेका छन् । विश्वव्यापी रूपमा साकोस एकरूपता प्रणाली कार्यान्वयन, साकोस एकीकरण, स्तरीकरणका कार्यक्रमहरूलगायत यससम्बन्धी प्राविधिक सहकार्यका लागि समेत एसियाली स्तरमा विस्तृत छलफल र बहस अगाडि बढाउन नेफ्स्कुनले निरन्तर पहल गर्दै आइरहेको छ । एसियाली ऋण महासंघ (अकु) सञ्चालक समितिमा समेत विगत केही समयदेखि नेफ्स्कुनको प्रतिनिधित्व रहँदै आएको छ ।

 

हाल नेफ्स्कुनका निवर्तमान अध्यक्ष एवं सल्लाहकार ऋषिराज घिमिरे अकुको प्रथम उपाध्यक्षको हैसियतमा रहेर नेपालको साकोस अभियानलाई एसियाली स्तरमा प्रतिनिधित्व गराउँदै आउनुभएको छ ।

 

बचत तथा ऋण सहकारी संघ संस्थाहरूको छाता संगठनको रूपमा स्थापित यस संघले अन्तर्राष्ट्रिय ऋण महासंघका सिद्धान्तहरूलाई आत्मसात् गर्दै सदस्य संघसंस्थाहरूको दिगो विकासमा टेवा पु¥याउने परिकल्पना संघले गरेको छ ।

 

सहकारी अभियान अन्तर्राष्ट्रिय सहकारी महासंघको सिद्धान्तबाट अगाडि बढिरहे पनि साकोस अभियानमा विश्व ऋण परिषद्का साकोस सञ्चालनका ९ सिद्धान्तलाई आत्मसाथ गर्दै र गराउँदै सदस्य र आम जनसमुदायमा बचतको अवधारणाको वकालत अनिवार्य बचतलाई निरन्तरता गर्न सक्नुलाई सदस्यको अधिकारको रूपमा स्थापित र संस्थागत गर्दै सम्पूर्ण रूपमा सदस्य केन्द्रित र स्थानीयतामा जोड दिँदै हिमाल, पहाड र तराईका सहर बजारमा र गाउँगाउँसम्म सहकारी अभियानको जागरण ल्याउन नेफ्स्कुन पूर्ण रूपमा समर्पित छ ।

नेपालका ७५ जिल्लामध्ये मुस्ताङ जिल्लाबाहेक नेपालका ७४ जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरूमा आफ्नो अभिभावकत्व निर्वाह गरिरहेको यस संघले आफ्ना सदस्य संघ÷संस्थाहरूको वृद्धि र विकास साथै सदस्यहरूको आर्थिक, सामाजिक जीवनस्तरमा गुणात्मक परिवर्तनका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यस संघमा हाल ६३ जिल्ला बचत संघ र २९३२ बचत तथा ऋण सहकारी संस्थाहरू आबद्ध छन् भने देशका १६ जिल्लामा सञ्चालित नेफ्स्कुनका फिल्ड कार्यालयहरूमार्फत सेवा प्रवाह गरिरहेको छ ।

 

सदस्य संस्थाको संस्थागत विकासका लागि नीति, विधि र प्रविधिबाट मात्र संस्था सञ्चालन गर्न नेफ्स्कुनले आफ्ना १६ वटै फिल्ड कार्यालयहरूमार्फत तालिम, शिक्षा, अवलोकन, भ्रमण गोष्ठी, सेमिनार, अन्तरक्रियाजस्ता कार्यक्रमको साथसाथै नीतिगत एकरूपताका लागि नीति निर्माण, आधुनिक लेखा प्रणालीका लागि नेकोसप्लस सफ्टवेर प्रणाली, सबैखाले स्टेसनरी सेवा, सहकारीको मूल्य मान्यता र दर्शनलाई प्रतिस्थापित गर्न नेफ्स्कुनले अहम् भूमिका निर्वाह गरिरहेको छ ।

 

साकोस अभियानको सशत्तीmकरणमा संघको मुख्य कार्य नै यसको गुणात्मक विकासका लागि स्थानीय तहदेखि अन्तर्राष्ट्रिय तहसम्म आवश्यक बहस पैरवी गर्नु हो । यस संघले साकोस अभियान तथा सञ्जालभित्र आफ्नो प्रतिनिधित्वलाई प्रभावकारी रूपमा विस्तार गर्ने रणनीतिलाई निरन्तरता दिएको छ । सदस्यहरूको प्रवद्र्धन, संस्थागत विकास, स्तरीकरण र प्रविधि उपयोग÷हस्तान्तरणको माध्यमबाट अनुशासित र मर्यादित सहकारीको संस्कृति सिकाउनमा तल्लीन यस केन्द्रीय संघ सुरुका दिनमा एसियाली ऋण महासंघको प्रत्यक्ष मार्गनिर्देशनमा प्रवद्र्धन तह संघ÷संस्थाको विनियम, नीतिहरू निर्माण र सदस्यता अभिवृद्धिको क्षेत्र, संस्थागत विकास, स्तरीकरण तहअन्तर्गत पल्र्स अनुगमन, राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरूको निर्माण गरी कार्यान्वयन गरेको छ । कार्यान्वयन र परीक्षण गरिएका मापदण्डहरू पछिल्लोपटक एसियाका साकोसहरूलाई लक्षित गरि सिफारिस गरिएको मोडलसहितको एकीकृत प्रविधि उपयोग, क्यानडा, अमेरिका र कोरियामा अभ्यास गरिएका आधुनिक नवप्रवद्र्धनहरूको हस्तान्तरण आज साकोस युनिफिकेसन मोडलसम्म आइपुगेको छ ।

तपाईंको प्रतिकृया
Loading...