कति छ पृथ्वीको आयु ?

loading...

एजेन्सी । वैज्ञानिकहरुले आगामी १०० वर्ष भित्र मानवजातिले पृथ्वी बाहेकको अर्को वासस्थान नखोजे उनीहरु संसारबाट लोप हुनसक्ने चेतावनी दिएका छन् । त्यस्तो डरलाग्दो चेतावनी दिने वैज्ञानिक हुन् – चर्चित बेलायती भौतिकशास्त्री स्टेफेन हकिङ्स ।

बेलायती समाचार संस्था बिबिसीले निर्माण गरेको स्टेफेन हकिङ्स: एक्सपीडीसन् न्यु अर्थ’ नाम गरेको वृत्तचित्रमा हकिङ्सले उक्त चेतावनीबारे विस्तृतमा ब्याख्या गरेका छन् ।

बिबिसीले उक्त वृत्तचित्रलाई सन् २०१७ को अन्त्यतिर प्रसारण गर्नेछ । जलवायु परिवर्तनआकासपिण्डले पृथ्वीलाई दिनसक्ने ठक्कररोगको महामारीर अत्यधिक जनसंख्या बृद्धि जस्ता कुराले पृथ्वीमा मानवजातिको भविष्य सङ्कटमा पर्दै  गएको हकिङ्सको तर्क छ 

पृथ्वीमा मानवजातिको अस्तित्व सङ्कटमा पर्दै गएको र डरलाग्दो अवस्था आएको तर्क गर्ने हकिङ्स एक्ला वैज्ञानिक होइनन्।   

यसअघि हकिङ्सले घटनाक्रम अहिलेको गतिमा विकास भए र मानिसले पृथ्वी बाहेको अर्को वासस्थान नखोजे आगामी १,००० वर्षमा मानवजतिको लोप हुनसक्ने बताएका थिए 

उनको पछिल्लो अनुमानमा मानवजाति पृथ्वीबाट मानिस लोप हुनसक्ने अवधि छोट्इएको छ 

विगत केही वर्षदेखि यी प्रसिद्ध वैज्ञानिकले पृथ्वीका बारेमा कयौं चेतावनी दिएका छन् 

सन् २०१६ मा उनले बिबिसीलाई भनेका थिए, ‘कुनै एक वर्षमा पृथ्वी गृहमा दुर्घटना हुने सम्भावना न्यून छतर समय वित्दै जाँदा त्यस्तो सम्भावना बढ्दै जान्छ र आगामी १००० वा १०,००० वर्षमा दुर्घटना हुने लगभग निश्चित हुन्छ ।’

उक्त समय सम्ममा मानिस पृथ्वी बाहिरको स्थान वा ग्रहमा फैलन यस कारण सुरु गरिसक्नुपर्छ कि पृथ्वीमा हुनसक्ने दुर्घटनाले मानवजातिको नै अन्त्य नगरोस्

तर अगामी १०० वर्ष सम्ममा पृथ्वी बाहिर हामी आत्मनिर्भर मानव समुदाय विकास गर्न सक्दैनौंत्यसैले हामी सावधान हुनुपर्छ,’ उनले भनेका छन् 

तपाईंको प्रतिकृया
Loading...