फेसबुक पेजमार्फत लिक भयो ‘लुट २’

loading...

काठमाडौँ, कार्तिक २३ । निश्चल बस्नेत निर्देशित ‘लुट २’ पाइरेसीको मारमा परेको छ ।

फिल्म फेसबुक पेजमार्फत लिक भएको हो । ‘वाच मुभी अनलाइन’ नामक फेसबुक पेजमा पूरा फिल्म दुई भागमा लिक भएको छ । फिल्मलाई लाइभ गरेर रिलिज गरिएको हो । फिल्म ३ र ७ तारिखमा क्रमश: दुई भागमा रिलिज गरिएको  छ ।

पेजमा ‘लुट २’का चार वटा भिडियोहरू रहेका छन् । फिल्मको डिजिटल राइट प्राप्त हाइलाईट्स नेपालका प्रमुख ओम गुरूङले नेपाल लाइभसँग कुरा गर्दे फिल्म लिक भएको जानकारी आफूहरूलाई बुधबार मात्रै प्राप्त भएको बताए ।

‘यो हाम्रो अनलाइन फिल्म हेर्न मिल्ने वेवसाईट’ हाम्रो सिनेमा डटकम’बाट फेसबुक लाइभ गरेर लिक गरिएको हो । फिल्म लिक भएकाले आजै युट्युबबाट रिलिज गर्ने भएका छौं,’ उनले भने, ‘फिल्म नेपालबाटै लिक भएको हो । अब हामी आवश्यक कानुनी प्रक्रिया अपनाउने छौं ।’

लिक गर्ने व्यक्तिलाई किन यसो गरेको भनेर सोधे पनि कुनै जवाफ नपाएको उनले बताए ।

फिल्म लिक भएपछि आफूहरूलाई हुने आर्थिक घाटाको हिसाबकिताब आज गर्ने पनि उनले बताएका छन् । यसका लागि आजै हाइलाइट्सले छलफल गर्ने भएको छ । छलफलपश्चात् कानुनी प्रक्रियामा जाने जानकारी गुरूङले दिए ।

फिल्मको पहिलो शृंखला पनि लिक भएको थियो ।

तपाईंको प्रतिकृया
Loading...