पोखरी भरि रगतै रगत, देख्नु भएको छ यस्तो रगत खाने माछा ? (भिडियो)

loading...

तनहुँ जिल्लाको दुलेगौंडादेखि करिब पाँच किलोमिटर दक्षिणपश्चिम ढोरफिर्दी गाउँमा ढोर वाराहीको प्रसिद्ध मन्दिर छ । हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोर वाराही मन्दिरमा देवीको चतुर्बाहु मूर्ति छ । यहाँ शिवलिंगसहित गणेश र अन्य देवीदेवताका मूर्तिहरूसमेत छन् । ढोर वाराहीमा वि.सं. १९३३ सालदेखि चढाइएका घण्टहरूसमेत पाइन्छन् । हिमवत्खण्ड पुराणले समेत यसको महिमागान गरेको पाइने हुँदा ढोर वाराहीको स्थापना मध्यकालतिरै भएको मान्न सकिन्छ ।

यहाँ पशुबलि दिने भक्तजनको भीड सालैभर लाग्दछ । तर औंसी, रामनवमी र एकादशीमा बलि दिन पाइँदैन । यहाँ परेवा उडाउने तथा पाठापाठी र राँगाको बलि दिने चलन छ । कुखुराको बलि दिन भने यहाँ निषेध गरिएको छ । तनहुँ भेगमा मनोकांक्षा पूरा गराउने र मानवका आपत्विपत् दूर गर्ने देवीका रूपमा ढोर वाराही लिने गरिन्छ । ढोर वाराही मन्दिरमा रहेको कुण्डमा पहाडको खोंचबाट बेलाबेलामा आफैं पानी आउने र बग्ने गर्दछ, जसलाई दैवी शक्तिका रूपमा मानिने र लहरी छुट्ने भनिन्छ ।

तपाईंको प्रतिकृया
Loading...