विवेकशील साझा पार्टीबाट रञ्जु दर्शना अाउट ?

loading...

काठमाडाैं । विवेकशील साझा पार्टीले प्रदेश र प्रतिनिधि सभाको बन्दसूचीतर्फ २५ जनाको नाम सिफारिस गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको बन्दसूचीमा विवेकशीलबाट जसमा अधिकांश महिला समावेश छन् ।

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको निर्वाचनमा उपप्रमुखमा लडेकी निरूपमा यादवको नाम बन्दसूचीमा हुँदा महानगरको प्रमुखकी प्रत्यासी रञ्जु दर्शनाको नाम सूचीमा छैन ।

विवेकशीले काठमाडौं उपत्यकामा स्थानीय तहको निर्वाचनमा भाग लिएर राम्रो भोट पाएका नेताहरूलाई समानुपातिकमा समेटेको छ । बन्दसूचीमा रमेश महर्जन, प्रकाशचन्द्र परियार, मुमाराम खनाल लगायतको नाम छ ।

यस्तै उमेदकुमार पुन शेरपुञ्जा, प्रतिभा डंगोल, प्रमोद बारघरे, सुनिता कर्माचार्य श्रेष्ठ, जानुका तामाङ, राम तपस्या कुमार साह, खुश्बु शर्मा लगायतको नाम बन्द सूचीमा छ ।

प्रदीपकुमार यादव, अरूण चौधरी, गौरी कुमारी चौधरी, गेहेन्द्रप्रसाद दाहाल, रेशु अर्याल ढुंगाना, विमला पन्त (ओझा) सोनिका लामा केसी, ऋचा थापा, शुदर्शन धिताल, हर्कबहादुर पुजारा, शोभिता परियार, राधिका दर्जी र सवनम जहां पनि बन्दसूचीमा छन् ।

स्थानीय तहको निर्वाचनका समयमा निकै चर्चामा रहेकी दर्शनाले महानगरको मेयरमा पनि निकै राम्रो मत प्राप्त गरेकी थिईन् । अहिले उनको नाम समानुपातिक सूचीमा नपर्नुलाई विभिन्न राजनीतिज्ञहरुले आ आफ्नै तरिकाले व्याख्या गर्ने गरेका छन् ।

तपाईंको प्रतिकृया
Loading...