सरोजको साहसले विश्वभर चिनियो नेपाल

loading...

काठमाडौँ, कार्तिक १७ । भिजिट माल्दिभ्सद्वारा आयोजित एक मिनेटको छोटो भिडियो डकुमेन्ट्री प्रतिष्पर्धामा ‘स्कुवा डाइभिङ’ गरेर नेपाली युवा सरोज सापकोटा हजारौं प्रतिष्पर्धीलाई पछि पार्दै टप टेनमा पर्न सफल भएका छन् ।

लाङटाङका अधिकांश हिमाल र सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका सापकोटाले धेरै पटक स्काइ डाइभिङ गरिसकेका छन् । यो भिडियो बनाउन उनले ठूलो जोखिम मोलेका थिए ।

स्कुबा डाइभिङ आफैमा खतरनाक खेल हो । सापकोटाले समुन्द्रको १ सय २० फिट् तल पुगेर मुखबाट रेगुलेटर निकालेर स्वास रोकेर बसेका थिए । यस्तो गर्दा आयोजकहरुले किन यस्तो स्टन्ट गरेको भनेर चेतावनी पनि दिएका थिए । उनले बनाएको यो भिडियो ‘भिजिट माल्दिभ्स’ फेसबुक पेजमा राखिएको छ । जहाँ गएर लाइक गर्न सकिनेछ । कार्तिक १९ सम्म उनलाई भोट हाल्न सकिनेछ । सबैभन्दा बढी लाइक प्राप्त गर्नेलाई विजेता घोषणा गरिने भिजिट माल्दिभ्सले जनाएको छ ।

सापकोटालाई यो लिंकमा गएर लाइक गर्न सकिन्छ :

http://bit.ly/2zjiqpH

तपाईंको प्रतिकृया
Loading...