श्रीरामको नामैनाम, ब्रोन्जउल्फको सम्मान

loading...

ललितपुर । स्काउटको सर्वोच्च पदक ब्रोन्जउल्फ बिजेता श्रीराम लामिछाने सम्मानित भएका छन् । नेपाल स्काउटका निवर्तमान प्रमुख तथा ललितपुर जिल्ला स्काउटका प्रमुख आयुक्त लामिछानेलाई गोदावरी श्रेत्रका स्काउटरहरुको आयोजनामा सम्मानित भएका हुन् ।

विश्व स्काउट संगठनबाट सन २०१६ जनवरी २९ मा घोषणा गरिएको सो पदक १८ अगस्त २०१७ मा अजरबैजानको वाकुमा सम्पन्न विश्व स्काउटको ४१ औँ विश्व सम्मेलनको विशेष समारोहमा लामिछानेलाई प्रदान गरिएको थियो । लामिछानेले राष्ट्रिय एसिया प्रशान्त श्रेत्रीय र विश्वस्तरमा स्काउटिङको विकासमा पुराएको योगदानको कदर गदै सर्वाेच्च पदक प्रदान गरिएको हो । सन १९३५ मा स्थापित सो पदक हासिल गर्न लामिछाने ८० वर्षको इतिहासमा पहिलोे नेपाली हुन ।

कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले स्काउटमार्फत नेपालको शिरलाई विश्व जगतमा नाम राख्न सफल भएकोमा लामिछानेको प्रशंसा गरे । सम्मानित व्यक्तित्व लामिछानेले पदकबाट विभूषित हुन पाउनु सौभाग्य भएको बताए ।

तपाईंको प्रतिकृया
Loading...