फेसबुकको नयाँ नियम, सेयर र लाइकमा शुल्क लाग्ने

loading...

एजेन्सी । थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने गरि फेसबुकले लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ ।परीक्षण गरिरहेको सो नियम कार्यान्वयनमा आएपछि फेसबुकमा कुनै पनि समाचारले पाउने लाइक तथा सेयरका मात्राअनुसार फेसबुक कम्पनीलाई शुल्क तिर्नुपर्ने हुन्छ । फेसबुकको उक्त नियमले साना मिडियाहरू प्रत्यक्ष प्रभावित हुनेछन् । बजार विस्तार यथेष्ट मात्रामा हुन नसकेका मिडियाहरू यस नियमले बन्द नै हुने अवस्थामा पुग्न सक्ने खतरा देखिएको छ ।

फेसबुकको यो नियम अहिले स्लोभाकिया, सर्विया, श्रीलङ्का लगायतका मुलुकमा परीक्षण भइरहेको फेसबुक कम्पनीले बताएको छ ।

सामाजिक सञ्जाल फेसबुकबाट हुने बौद्धिक चोरीलाई नियन्त्रण गर्नका लागि फेसबुक कम्पनीले यस्तो नियम ल्याउन लागेको दाबी गरेको छ ।

तपाईंको प्रतिकृया
Loading...